Logo

कपिलवस्तुमा स्वास्थ्य शिविर चलाउँदै विप्लवका छोरा



Spread the love

९ असार, कपिलवस्तु l कपिलवस्तुमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले आफ्नै गाउँ कपिलवस्तु शिवगढीमा स्वास्थ्य शिविर चलाएका छन् ।

उक्त शिविर विप्लप पार्टीको जनवर्गीय सङ्गठन जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव समेत रहेका प्रकाश लगायतका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य शिविर चलाएका हुन् ।

अखिल नेपाल जनस्वास्थकर्मी महासङ्घको पहलमा र सहिद स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित उक्त शिविरमा २ हजार ६ सय ५० जना बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । चन्द चितवन मेडिकल कलेजमा एमबिबिएसको अध्यन गर्दै प्रशिक्षार्थी चिकित्सकका रूपमा समेत काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्