Logo

आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने : प्रधानमन्त्री ओली



Spread the love

१५ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरे । तर, प्रधानमन्त्री ओलीले आफूले गरेको राम्रा कार्यको चर्चा नगरे पनि हुने बताएका छन् ।

श्रम तथा रोजगार सम्मेलन उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले गरेको राम्रो कामको चर्चा नगर्दा पनि हुन्छ ।’ च्यातेर डस्टबिनमा फालिदिए पनि हुन्छ, तर काम चाहिँ गर्नुपर्छ । सुन्दर, सुरक्षित, समृद्ध नेपाल बनाउन सबै लाग्नुपर्छ ।’ उनले सत्ता पक्ष र प्रतिपक्ष मिलेर देश विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् l

प्रधानमन्त्री ओलीले भने, ‘स्वभाविक हो, अहिले कोही सत्तापक्ष छ, कोही प्रतिपक्षमा छ । छलफल गरौँ । देश विकासको काममा सँगै जाऔं ।’

प्रधानमन्त्री ओलीले सत्तामा जो आएता पनि उसले गरिबीसँग जुध्नैपर्ने भन्दै आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्