Logo

धादिङको कृष्णभीरमा सवारी दुर्घटना : २ को मृत्यु, ३२ जना घाइते



Spread the love

१५ असार, धादिङ । धादिङको कृष्णभीरमा ३ वटा सवारीसाधन आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । भने ३२ जना घाइते भएका छन् ।

काठमाडौंबाट नारायणघाट जाँदै गरेको लु १ ख ९०७९ नम्बरको गाडीसँग नारायणघाटबाट काठमाडौं आउँदै गरेको बा २ ख ४५६७ र बा ३ ख १००४ नम्बरको माइक्रो एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

दुर्घटना परि गम्भीर घाइतेहुनेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्