Logo

प्रकाश दाहालको ३८ औँ जन्मजयन्ती मनाइयो



Spread the love

१७ असार, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकाश दाहालको ३८ औँ जन्मजयन्ती मनाइएको छ ।

राष्ट्रियसभामा आयोजित सोही अवसमा प्रकाश दाहाल प्रतिष्ठानले ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’ कार्यक्रम समेत आयोजना गरेको छ ।

उक्त प्रतिष्ठानले ५ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा कोरियन नागरिक उम हङ गिल, ज्ञानेन्द्र श्रेष्ठ, छिरिङ थुन्दु शेर्पा, माया शेर्पा, आङ सार्की शेर्पा रहेका छन् । सो कार्यक्रममा माधव कुमार नेपाल, ऊर्जा मन्त्री वर्षामान पुनलगायत अन्य नेता तथा कार्यकर्ता उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्