Logo

खाडी मुलुकका नेपालीका कथा कहिले ल्याउने रवि दाइ ?



अस्ट्रेलियाको ट्रेनमा निन्द्रा नपुगेका साथीभाईहरूलाई म कसरी भनु कि २०६४ देखी २०६८ सम्म हामिले पढ्नको लागी बिहान मात्र ३ घण्टा अनि बेलुका ३ घन्टा हिड्नु पर्थ्यो । नजिकमा स्कुल नहुनुको पिडा हामीले भोगिरहेका थियौ ।

निन्द्रा जहाँ गए पनि नपुग्ने नै रहेछ । अस्ट्रेलियामा पैसाको छट्पटी, एक घन्टा सुत्ने कि १०१२ डलर पैसा कमाउने ? सधै दोधार । अन्तत: पैसाको मोहले ट्रेनमा निन्द्रा नपुग्दो रहेछ । यता, जेठ-असार तिरको लामो दिन अनि अबेरसम्म घाम हुने भएकोले त्यती केहि अप्ठेरो पर्थेन, तर, जाडो मौसममा घर आउँदा आउँदै राती हुने भएकोले बुवा-आमाले स्कुल भएकै ठाँउ तिर कोठा लिएर बसाइदिनु हुन्थ्यो ।

कोठाको बास अनि चामल, नुन, तेल र दाउरा समेत घरबाटै बोकेको याद अझै पनि दुरुस्तै छ । ३-४ घण्टाको बाटोमा दाउराको भारी सँगसँगै  किताबको झोला हुन्थ्यो । निन्द्रा त्यो बेला पनि पुग्थेन, हरेक इच्छा-चाहाना अनि बाआमाको सपनाले सोच्दा सोच्दै पुरै रात वित्थ्यो । सुविधाको नाममा हामिले पाएको भनेको एउटा कच्ची बाटो थियो । तर, त्यो कच्ची बाटोमा कहिले गाडी मोटर गुडेनन।

अझै पनि अधिकांश मानिसहरुलाई ग्यासबाट खान पाक्छ भन्ने पनि थाहा छैन । गाडी मोटर नदेखेका कयौं नेपाली अझै पनि जिवितै छ्न। खोइ त उनिहरुको रहर पुरा भएको ? अगेनाको डिलमा बसेर आगो फुक्दै, खोक्दा-खोक्दा क्यान्सरको शिकार भएका कयौं आमाहरु छ्न । नुनको ढिकासँगै मकैको आटो साधेर खाएका कयौं भाइबहिनी मेरै आँखाले देखेकी छु । के तिनिहरुको आयोडिन नुन खाने सपना पुरा होला त ? ? हिजै मात्र एउटी आमैले भन्नुभयो, “बाबु हामी टुरिस्ट भिजामा आउछौ । पाँच वर्षको भिजा भनेर हामीलाइ तीन चार महिना मात्र बस्न दिन्छ । एउटा छोरा-छोरी हुने हामीहरु यता किन बस्न पाउदैनौ ?”

कठै बरा ! ति रमा भाउजु जो वर्षौ पहिला दुबई हिडेका आफ्ना पतिलाई अहिलेसम्म भेट्न पाएकी छैनन । हेर्नुहोस् त लाखौ रकम लगानी गरेर अष्ट्रेलिया पुगेका ती छोराछोरी । अनि कयौं पैसा खर्च गरेर छोराछोरी भेट्न गएकी आमाको माग । हप्तामा एकचोटी पनि फोनमा कुरा नहुने रमा भाउजु किन कहिले आफ्ना पतिलाई भेट्ने माग गर्दिनन् ? तिमी त सम्पन्नशाली मान्छे, मायाको अभाव छ, सँगै बस्न पाउने अधुरो सपना छ । फरक यति हो, रमा भाउजूलाई ऋणको बोझबाट मुक्त हुने सपना छ, आफ्नो पतिसँगै नभए पनि बाचुन्जेल मन भित्रको माया र सपना सम्झनामा बिताउने रहर छ ।

सबैले भन्छ्न, मोर्डन जमाना छ। भिडियो कल अनि मोबाइल फोनको सुविधा छ । अरे ! कसले सुनाइदेओस् उनीहरुलाई जलस्रोतको दोश्रो धनी देश नेपालमा मट्टितेलबाट टुकि र लाल्टिन बालेर रात बिताइरहेका छ्न । अझै पनि बत्तीको अभाव, लाइन नपुगेको ठाउँमा नेटवर्क पुगेको छैन । फोन गर्न पनि घण्टौं हिडेर जानु पर्ने समस्या अझै पनि दुरुस्तै छ। विदेश सबैका लागी हैन जस्तो लाग्छ । ठुल-ठुला समुन्द्रको छेउमा खिचिएका सुन्दर तस्बिर । चिल्ला सडकमा कार हाक्दै गरेका ती तस्बिरले तपाईहरुको मात्र हैन मेरो पनि मन लोभ्याउछ । मध्यम र उच्च स्तरीय परिवारको लागी पैसा कमाउने अनि पढ्ने भनेकै अमेरिका, अष्ट्रेलिया हुन्छ । लाखौ रकम लगानी हुन्छ । लाखौ रकम बैंक ब्यालेन्स देखाइन्छ । बुवा-आमाको इच्छा चाहाना के हुन्छ, हामिलाई फरक पर्दैन । अष्ट्रेलियाको डिग्री हासिल गरेर टन्न पैसा कमाएर आउछु, यो सबैको सपना हुन्छ । तर, निम्न स्तरीय परिवार जोसँग लाखौ रकम हुदैन -बैंक ब्यालेन्स देखाउन अनि ति ठुला-ठुला सपना पनि सित्तैमा देख्न पाउनु अभिसाप भए जस्तै हुन्छ । एउटा भनाइ छ नि, ‘जोसँग रोटी  हुदैन उसँग एउटै सपना हुन्छ, जोसँग  रोटी हुन्छ उसँग अनेक सपनाहरू हुन्छन्।’
माया हामिलाई पनि लाग्छ बाआमा अनि ति छोराछोरिको ! सपना हाम्रा पनि छन । मन हाम्रो पनि दुख्छ । परदेशमा बस्नुको पिडा हामीलाई पनि छ । निन्द्रा हाम्रो पनि पुग्दैन, अचेत अवस्थामा घरमासँगै बसेको सपना हामी पनि देख्छौ । हामीलाई पनि थाहा छ, बाआमा हामीसँगै बस्न चाहन्छन्, छोराछोरी बा को मुहार सधै भरी देख्न चाहन्छन् । महिनौं पछि गरेको फोन कलमा भकानिन्छन हाम्रा पत्नी पनि ।
थोरै पैसा लगानी गरेर खाडी मुलुक गएका कयौं दाजुभाइ अनि दिदिबहिनी छ्न । काम उनिहरुले पनि गर्नुपर्छ । थकाई उनीहरुलाई पनि लाग्छ । निन्द्रा उनिहरुको पनि पुग्दैन होला । आमा बुवा अनि बालबच्चासँग भेटघाट गर्न उनिहरुलाई पनि मन छ होला । खोइ त खाडी गएका कयौ नेपाली दाजुभाइहरुको माग आएको ? के उनिहरु कुनै माग छैन होला ? फरक यति हो अष्ट्रेलियामा जाने कयौं दाजुभाइ दिदिबहिनी अष्ट्रेलियाबाट डिग्री हासिल गर्छु, अनि पैसा कमाउछु भनेर विद्यार्थी भिजामा जान्छ्न तर खाडी मुलुक जाने दाजुभाइहरु आफ्नो परिवारको खुशी हैन, सन्तुष्टी पुरा गर्न जान्छ्न । यसो त राम्रो देश जाने कयौं नेपाली आफ्नो परिवारको खुशी, सन्तुष्टि विपरित जान्छ्न, त्यसो हैन । लाखौ रकम लगानी गरेर अष्ट्रेलिया, अमेरिका पठाउने नेपाली अभिभावकले किन मलेसिया साउदी, दुबई र कतार जस्ता खाडी मुलुकमा जान आग्रह गर्दैनन ? हामी सबैलाई थाहा छ, तोरिको बिरुवामा मकै कहिल्यै  फलेन । जे रोप्यो, त्यही उम्रन्छ । अनि आफ्नै जातको फल्छ । तिमिलाई करोडौं पैसाको सपना छ, पि ।आर ।, ग्रिन कार्डको लोभ छ । बाआमासँगै  तिमी गएकै देशमा बस्ने रहर छ । म कसरी सम्झाउ तिमीलाई ? सपना सानो होस् या ठुलो । त्यसको पिडा एकै हुन्छ । मान्छे धनी होस् या गरिब  । तर, मन एउटै हुन्छ।
समुन्द्रको किनारामा फोटो खिच्छौ, नेपालको नदिनाला सम्झिन्छौ । सिमेन्टको परिपक्क घर हाल्छौ, देशको पुरानो घर लिपपोत गरेको सम्झिन्छौ । सेल्फी खिच्न नयाँ सेल्फी स्टिक किन्छौ, बुढा भएका बाआमालाई लठ्ठी बनाइदिएको सम्झिन्छौ । विदेशमा जिविका छ, नेपालमा मन छ । परदेशमा बाच्न चाहन्छौ, नेपालमा मर्न चाहन्छौ । विदेशमा कार चढ्छौ, नेपालको भत्किएको बाटो पिच भएको सपना देख्छौ ।

माया हामीलाई पनि लाग्छ बाआमा अनि ति छोराछोरिको ! सपना हाम्रा पनि छन । मन हाम्रो पनि दुख्छ । परदेशमा बस्नुको पिडा हामीलाई पनि छ । निन्द्रा हाम्रो पनि पुग्दैन, अचेत अवस्थामा घरमासँगै बसेको सपना हामी पनि देख्छौ । हामीलाई पनि थाहा छ, बाआमा हामीसँगै बस्न चाहन्छन्, छोराछोरी बा को मुहार सधै भरी देख्न चाहन्छन् । महिनौं पछि गरेको फोन कलमा भकानिन्छन हाम्रा पत्नी पनि ।

हामी सबैलाई थाहा छ, प्रदेश (पर-देश )अर्काको देशमा सुख हुदैन, दु:ख हुन्छ । कामसँगसँगै पढ्नु पर्छ । अनिदो बस्नु पर्छ । त्यो थाहा हुँदाहुँदै हामी किन विदेश रोज्छौ ? ? ? त्यति मात्र होईन, डलरमा पैसा कमाउछौ । नेपाली रुपैयाँमा लेखाजोखा राख्छौं । समुन्द्रको किनारामा फोटो खिच्छौ, नेपालको नदिनाला सम्झिन्छौ । सिमेन्टको परिपक्क घर हाल्छौ, देशको पुरानो घर लिपपोत गरेको सम्झिन्छौ । सेल्फी खिच्न नयाँ सेल्फी स्टिक किन्छौ, बुढा भएका बाआमालाई लठ्ठी बनाइदिएको सम्झिन्छौ । विदेशमा जिविका छ, नेपालमा मन छ । परदेशमा बाच्न चाहन्छौ, नेपालमा मर्न चाहन्छौ । विदेशमा कार चढ्छौ, नेपालको भत्किएको बाटो पिच भएको सपना देख्छौ । देशको माया तिमीलाई पनि लाग्छ तर विलाशी जिवनले लोभ्याएको छ । देश तिमी पनि फर्किन चाह्न्छौ तर गरिबीले सताएको छ । देश विकास भएको तिमी पनि देख्न चाहन्छौ तर अरुले गरेको हेरेर बसेका छौ ।

मैले नेपालमा कोही त्यस्तो मान्छे भेटिन । जसले रवि दाइ, मैले नेपालमा यति घण्टा, उति घण्टा काम गरेर मेरो निन्द्रा पुग्दैन भनेन । मैले पढाइ र कामलाई सँगसँगै लगेको छु भनेन । कसैले भनेनन् यदी जुन दु:ख पसिना सहित नेपालीहरुले विदेशमा बसेर गर्नुभएको छ, त्यो दु:ख अनि मिहिनेत नेपालमा गरेर देखाउनुहोस । साचिकै तपाईंं उदाहरणीय बन्नुहुनेछ । तपाईहरुलाई कसैको गूहारको जरुरत पर्नेछैन । बुढा बुवा-आमालाई लाखौँ रकम लगानी गरेर विदेश बोलाउनु पर्नेछैन । अनिदो भएपनी आफ्नै जन्मभुमीका लागि हुनुपर्ने छ। पसिना बगेपनी आफ्नै कर्मभुमिका लागि बग्नेछ ।
हाम्रो व्यवस्थाले नै ठुलाबडा मर्दा विभिन्न टेलिभिजनमा ठाउँ पाउनुको साथै राष्ट्रिय शोकको व्यवस्था गरेको हो  । होईन भने दुर्गम क्षेत्रमा एउटै दुर्घटनामा परी कयौं मान्छे मर्दा पनि शोक मनाउनु पर्ने हो । यो त प्रकृतिको नियम पनि हो । बलेको आगोले नै हो न्यानो दिने  । होईन भने, निभेको आगो न्यानो दिएर नै निभेको हो भन्ने सबैले बुझ्नुपर्ने ।

खाडी मुलुक गएका कयौं नेपालीहरु रातो बाकसमा आए । कयौं नेपाली खाडिमै बेपत्ता भए । कयौं नेपाली खाडिको समुन्द्र मै लापता भए ।  खै त उनिहरुको आवाज कहिल्यै  सुनिएन ? किन यहाँ आफ्नो समस्या अनि माग राख्न पनि पैसा चाहिन्छ र ? अष्ट्रेलियामा गएर नेपालिहरुको दु:ख पिडा सुनिदिने रवि दाई एकचोटी खाडी मुलुक गएर उहाँहरुको पनि पिडा सुनिदिने कि ?

के भनौ रवि दाई, समाज यस्तै छ । संस्कार यस्तै छ । कोही मान्छे गरिब भएर नै कोहि धनी हुने हो । ठुलो या सानो मान्छे, समाजले नै बनाएको हो । होइन भने अग्लो या होचो हुनु पर्ने । हाम्रो पद्दत्तीले नै भीआइपी र नर्मल सिट बनाएको हो । होइन भने अगाडि या पछाडी हुनुपर्ने ।

हाम्रो व्यवस्थाले नै ठुलाबडा मर्दा विभिन्न टेलिभिजनमा ठाउँ पाउनुको साथै राष्ट्रिय शोकको व्यवस्था गरेको हो  । होईन भने दुर्गम क्षेत्रमा एउटै दुर्घटनामा परि कयौं मान्छे मर्दा पनि शोक मनाउनु पर्ने हो । यो त प्रकृतिको नियम पनि हो । बलेको आगोले नै हो न्यानो दिने  । होईन भने निभेको आगो न्यानो दिएर नै निभेको हो भने सबैले बुझ्नुपर्ने ।

प्रकृति, नियम अनुसार चल्छ । मान्छे, समाज र संस्कृति अनुसार । पर्खिरहेकी छु रवि दाई, खाडी मुलुकका पनि पिडाहरु सुनिनेछन । लेखी रहेकी छु, प्रकृतिको नियम होइन समाज र संस्कृति परिवर्तन हुनेछ । उच्च शिक्षाको नाममा कयौं मान्छे ट्रेनको गल्लिमा अनिदो हुनु पर्नेछैन । जिविकोपार्जन गर्न विदेश जानु पर्नेछैन । खाडी मुलुकका मात्र होईन पि ।आर । र ग्रिन कार्डका लागि लड्ने मान्छे पनि नेपाल फर्किनेछन । अनी देश समृद्धितर्फ उन्मुख हुनेछ ।

लेखकबाट थप:

मैले देखेको पुरुष हिंसा

बुवाको आत्मकथा

सरकारी जागिर रहर कि बाध्यता ?

 

सामाजिक दृष्टिकोण र चेतनाबारे लेख्न रुचाउने के.सी. सल्लेरी खबरमा कला-साहित्य विविधमा कलम चलाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्