Logo

समाजवादी पार्टीका असन्तुष्ट कार्यकर्ताले गरे नेकपामा प्रवेश



Spread the love

 

२० असार, काठमाडौँ l डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी छाडेर देवेन्द्र पराजुली र कल्पना धमला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पराजुली, धमलासँगै गुणाखर बस्याल, मनु हुमागाई लगायतका समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् । समाजवादी पार्टीले सङ्घीय समाजवादी फोरमसँग एकता गरे पश्चात् यो समूह असन्तुष्ट थियो ।

प्रतिक्रिया दिनुहोस्