Logo

जता काफल पाक्यो उतै चरी नाच्यो : भट्टराई



Spread the love

२० असार, काठमाडौँ l पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका सङ्घीय अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले नेपालमा जता काफल पाक्यो उतै चरी नाच्यो शैली मौलाएको टिप्पणी गरेका छन् ।

उनले आज ट्विट गर्दै भने, ‘‘यति बेला जता काफल पाक्यो उतै चरी नाच्यो प्रवृत्ति निकै मौलाउँदैछ । डनहरू, व्यापारीहरू, क्रान्तिबाट थाकेकाहरू सत्ताधारी पार्टी पसेर रस चुस्न होडबाजी गर्दैछन् । सपा (समाजवादी पार्टी)बाट नेकपा पस्न लागेका केहीले यता घुर्क्याएर पद लिने र उता अध्यक्षसँग अलगअलग बार्गेन गरेर राम्रै लाभ लिन लागेछन् । भलो होस् ।’’

उक्त सङ्केत भट्टराईले आफ्नो पार्टी त्यागेर जाने नेताहरू तर्फ गरेका हुन् l फोरमसँगको एकताबाट असन्तुष्ट भएका कारण कल्पना धमला लगायत अन्य नेताहरू नेकपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्