Logo

भट्टराई र विप्लप नेकपामा समाहित हुनुपर्छ : प्रचण्ड



Spread the love

२० असार, काठमाडौँ l सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना कम्युनिस्ट नेताहरू नेकपामा समाहित हुन आउनु पर्ने बताएका छन् ।

कुनै समय स्वयंलाई कम्युनिस्ट सिद्धान्त सिकाउने मोहनविक्रम सिंह, चित्रबहादुर केसी, मोहन बैद्य, बाबुराम भट्टराई, नारायणमान बिजुक्छे र नेत्रविक्रम चन्दलाई ढिलो नगरी आफ्नो पार्टीमा आउन प्रचण्डले आग्रह गरे।

‘पुराना पिँढीका केही नेतालाई कसरी सम्झाउने भन्ने चिन्ता लाग्छ,’ समाजवादी पार्टीका नेताहरू देवेन्द्र पराजुली, कल्पना धमला लगायतलाई आज नेकपामा स्वागत गर्दै प्रचण्डले भने, ‘के सम्मान गर्दा मोहनविक्रम, चित्रबहादुर, मोहन बैद्य आउनुहोला? ढिलो नगर्नुस् नेकपामा समाहित हुन आउनुस् ।’

कम्युनिस्ट आन्दोलनलाई एक बनाउन बाबुराम भट्टराई, विप्लव पनि नेकपामा प्रवेश हुनु पर्ने दाहालको भनाइ छ l उनले भने, ‘उहाँहरूलाई नेकपामा ल्याउन केही कन्जुस्याँइ गर्न हुन्न l भक्तपुरमा रोहितजी हुनुहुन्छ। उहाँलाई के सम्मान गर्दा नेकपामा ल्याउन सकिएला?’ दाहालले विप्लपलाई पनि नेकपामा आउन आग्रह गरे l

उनले बाटो बिरायो म सोझ्याउँछु भन्ने विप्लवलाई कसरी सम्झाउने?, दाहालले भने, ‘कम्युनिष्टको सरकार भएको बेला विप्लवको बल, बुद्धि त विकास निर्माणतिर पो लगाउनुपर्ने हो त।’ प्रचण्डले पार्टी प्रवेश गरेकाहरूतर्फ लक्षित गर्दै भट्टराईले उनले पार्टी प्रवेश गरेकाहरूतर्फ लक्षित गर्दै भट्टराईले नयाँ बनाउन नसकेको बताए ।

दाहालले भने, ‘नयाँ बनाउँछु भन्ने बाबुरामजीको बौद्धिकताले पनि अन्त गएर परिणाम दिएको छैन l कम्युनिष्टसँग जोडिएमात्रै उहाँको पिएचडीले पनि सार्थकता पाउँछ ।’

दाहालले नेकपालाई प्रतिक्रियावादीले ढाल्न खोजेको दाबी गरेता पनि ती प्रतिक्रियावादीहरू को हुन् भन्ने भने उनले खुलाएको छैन l विदेशी प्रतिक्रियावादीले संसारको अग्लो सगरमाथा भएको देश नेपालमा दुई तिहाइको कम्युनिस्ट सरकार देख्न नचाहेकोले ढाल्न खोजिराखेको प्रचण्डको भनाइ छ ।

उनले भने, ‘सबैभन्दा अग्लो टाकुरोमा कम्युनिष्टको दुई तिहाइ मत छ के गरी ढलाउने हो भनेर प्रतिक्रियावादी लागिरहेका छन् l प्रतिक्रियावादीका लागि सहिसक्नु भएको छैन । के गरी शान्ति प्रक्रिया तुहाइदिन सकिन्छ, के गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउन सकिन्छ भनेर लागेका छन्।’

कम्युनिस्ट पार्टीभित्र झगडा नित्याउन नेतैपिच्छे आरोपित गर्न खोजिएको दाहालले बताएका छन् । दाहालले भने, ‘तिललाई पहाड बनाएर हुन्छ कि के गरेर हुन्छ कम्युनिस्ट पार्टीभित्र झगडाको आविस्कार गर्न खोजिएको छ l ‘

प्रतिक्रिया दिनुहोस्