Logo

‘दीपक मनाङे जस्ता ‘बौद्धिक’ भएको ‘कमाउनिष्ट’ पार्टीमा अरू बौद्धिकहरू पनि आवश्यक पर्छ र ?’



Spread the love
 

२० असार, काठमाडौँ l पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कटाक्ष गरेका छन् ।

दाहालले पीएचडीको ज्ञान कम्युनिस्ट पार्टीलाई मात्रै काम लाग्ने टिप्पणी गरेको केही समय पश्चात् नै डा. भट्टराईले कटाक्ष गरेका हुन् । भट्टराईले ट्विट गर्दै भने, ‘‘कमरेड दीपक मनाङे जस्ता ‘बौद्धिक’ भएको ‘कमाउनिस्ट’ पार्टीमा अरू बौद्धिकहरू पनि आवश्यक पर्छ र ?”

भट्टराईको साथ छोडेर नेकपामा प्रवेश गरेका नेताहरूको स्वागत गर्दै प्रचण्डले भट्टराईलाई समाजवादी आन्दोलनले सकारात्मक परिणाम नदिएको भन्दै नेकपामै प्रवेश गर्न आग्रह गरेका थिए । अध्यक्ष भट्टराईको पीएचडीको ज्ञान पनि कम्युनिस्ट पार्टीलाई नै काम लाग्ने दाहालको टिप्पणी थियो l

प्रतिक्रिया दिनुहोस्