Logo

मेरो रिसले भए पनि कृपया मास्क लगाइदिनुस् : प्रधानमन्त्री ओली



Spread the love

२० असार, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आफू प्रधानमन्त्री बनेको समयमा भन्दा अहिले उपत्यकामा धुलो धेरै कम भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काठमाडौँको विकास जारी रहेकाले केही धुलो उड्नु स्वभाविक भएको उल्लेख गरे ।

अध्यक्ष ओलीले भने, ‘काठमाडौँमा अहलिे पनि सडक विस्तार र पूर्वाधार निर्माण जारी छ। हामीले काठमाडौँको ट्राफिकलाई व्यवस्थित गर्ने काम जारी राखेका छौँ । बाटो फराकिलो पार्नुपर्छ l बाटो बनाउँदा धुलो उड्छ। अनि धुलो उड्यो भन्दै कराउँछन् ।’

उपत्यकालाई सकेसम्म चाँडो पक्की गर्ने अभियानमा सरकार रहेको बताउँदै उनले सिङ्गै काठमाडौँलाई धुलो नउड्ने गरी कालोपत्रे गर्ने योजना सुनाएका छन् । तर एकैछिनमा हुँदैन, समय लाग्छ।’ उनले अहिले मास्क लगाएर हिँड्नुपर्ने अवस्था नरहेको बताए ।

‘अहिले मास्क लगाएर हिँड्न मन लागे हिँडे हुन्छ। तर काठमाडौँको अवस्थालाई अझै सुधार गर्दछौँ’ l अध्यक्ष ओलीले भने,‘पहिले जस्तो अहिले धुलो छैन। तर मास्क लगाउनुपर्छ भनेर सरकारको विरोध गर्न थालेका छन् ।’

उनले मास्क लगाउनेलाई सुझाव दिँदै धुलो उडेमा जोगाउने बताए । ‘मास्क लगाउनु राम्रो कुरा हो l मेरो रिसले भए पनि कृपया मास्क लगाइदिनुस् ।’

प्रतिक्रिया दिनुहोस्