Logo

खोकीको मन्द आवाजले नै थला पर्‍यो सरकार : थापा



Spread the love

२२ असार, काठमाडौँ l प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको आलोचना गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले ‘ जनताको यस्तो साथ पाएपछि अब पारीबाट वारी आउने फलफुल र तरकारीसँगै वारीबाट पारि जाने चिया र अलैंचीको पनि हिसाबकिताब हुनेछ भनेर गर्जेर भन्ला भनेको त पारीतिरबाट आएको खोकीको मन्द आवाजले नै थला पो पर्‍यो हाम्रो सरकार l ‘

प्रधानमन्त्रीको मान राख्न मास्क नलगाई हिँडेको र अब विषादी भएकै तरकारी खाइदिने भन्दै उनले भने, ‘प्रधानमन्त्रीलाई यति मात्र सोध्न बाँकी छ, तपाईँको राष्ट्रवादी खुट्टा देखिएकै थियो । घुँडामा कत्रो भ्वाङ पर्‍यो ?’

प्रतिक्रिया दिनुहोस्