Logo

सरकारले जनताको स्वास्थ्य र जीवन प्रति गम्भीर खेलबाड गर्‍यो : तरुण दल



Spread the love

२२ असार, काठमाडौँ l प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेकोमा आपत्ति जनाएको छ ।

विषादी परीक्षणको निर्णयबाट केपी ओली नेतृत्वको सरकार आफ्नो कुर्सी जोगाउन पछि हटेको आरोप सङ्गठनका कार्यवहाक अध्यक्ष उत्तम चापागाईंले लगाएका हुन् ।

सत्ताको स्वार्थ हेरेर तरकारी तथा फलफूलको विषादी परीक्षण विना नै नेपाल भित्र्याउने निर्णय गरेर जनताको स्वास्थ्य र जीवन प्रति गम्भीर खेलबाड गरेको तरुण दलको आरोप छ l

उनले भने, ‘सरकारका यस्ता प्रकारका हचुवामा गरिएका जनविरोधी अपरिपक्व र बलहठबाठ भएका निर्णयहरूबाट एकपछि अर्को विवाद निम्त्याउने र मुलुक र राष्ट्रियता एंव लोकतन्त्रको खिल्ली उडाउने काम भइरहेको छ ।’

चापागाईंले जनताको अधिकार र राजनीतिक संघर्षपछि प्राप्त लोकतान्त्रिक उपलब्धिमाथि नै प्रहार हुने यो निर्णय सच्याउन आग्रह गरेका छन् । तरुण दलले भने, ‘यदि यो निर्णय नसच्चिए जस्तोसुकै कदम चाल्न बाध्य हुनेछौँ l त्यसबाट निम्तिने परिणामको जिम्मा सरकार नै लिनुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्