Logo

राजनीतिक दस्तावेजको काम पूर्ण रूपमा टुंगियो : अध्यक्ष प्रचण्ड



Spread the love

 

 

२२ असार, भक्तपुर l नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक दस्तावेजको काम पूर्ण रूपमा टुंगिएको बताए ।

आज नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेशनको भक्तपुरमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले बिहान दुई अध्यक्ष बसेर प्रतिवेदनको सम्पूर्ण काम टुंग्याएको बताएका हुन् ।

उनले भने, ‘आज बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र मेरो बिचमा एक वर्षदेखि सम्पूर्ण रूपमा सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदनको काम टुंग्याइएको छ र त्यो भोलि प्रकाशनमा जाँदैछ l पार्टी एकताको सन्दर्भमा त्यो एउटा ठुलो काम हामीले आज पूरा गरेका छौँ ।’

राजनीतिक प्रतिवेदन नहुँदा कुन पार्टीको विचार, राजनीतिका कार्यदिशा, सङ्गठनात्मक नीति-विधि यो सबै के हुने? कुन चाहिँ विचार आधिकारिक हो? कुन नेताले भनेको आधिकारिक हो, कुन नेताले भनेको आधिकारिक होइन भन्ने ‘कन्फ्युजन’ देखिएको भन्दै अध्यक्ष प्रचण्डले आजैबाट त्यसको अन्त्य गरेको बताए ।

राजनीतिक प्रतिवेदन छापिएर कार्यकर्ताका हातमा पुगेपछि कार्यकर्ता आफैँले आधिकारिक विचारबारे जज गर्ने अध्यक्ष प्रचण्डले बताएका छन् l पार्टीको आगामी महाधिवेशन एकताका र सहमतिका आधारमा गर्ने गरी राजनीतिक प्रतिवेदन आएको प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्