Logo

प्रधानमन्त्री ओलीसँग वार्ता नगरी बैठकमा सहभागी नहुने : प्रधान



Spread the love

२३ असार, काठमाडौँ l नेपाली काँग्रेसका सांसद एवं संसदीय सुनुवाइ विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएसम्म बैठकमा सहभागिता नहुने बताए ।

समितिले यसअघि नै राजदूतहरूको नियुक्तिका सन्दर्भमा प्रधानमन्त्री ओलीसँग छलफल गर्ने निर्णय गरेको थियो । एक सदस्यका अनुसार कतिपय नियुक्तिहरू विवादास्पद हुनुका साथै मापदण्ड र समोवशिताबारे प्रधानमन्त्रीसँग छलफल गर्न समय मिलाउने जिम्मा सभापति लक्ष्मणलाल कर्णलाई दिइएको थियो ।

सभापति कर्णले प्रधानमन्त्रीसँग कुरा गरेता पनि ओली संसदीय सुनुवाइ समितिमा आएका छैनन् । आजको बैठकमा काँग्रेस सांसद प्रधानले यसबारे ध्यानाकर्षण गराएका हुन् । उनले प्रधानमन्त्री ओलीसँग वार्ता नगरी अब बस्ने बैठकहरूमा स्वयं सहभागी नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्