Logo

सांसद पन्तले गृहमन्त्रीसँग मागे भोजपुर भिडन्तको जवाफ



Spread the love

२५ असार, काठमाडौँ l भोजपुरमा आज भएको भिडन्त र मृत्युको विषय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा पनि उठेको छ ।

नेपाली काँग्रेसका सांसद डा. डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण राख्न माग गरिन् ।

पन्तले प्रश्न गरिन्, ‘यो संवेदनशील विषय हो। सुरक्षा व्यवस्था के भइरहेको छ? भोजपुरमा भिडन्त भयो र मान्छेको मृत्यु भएको कुरा उठेको छ, वास्तविकता के हो?’ समितिमा गृहमन्त्री थापा, गृहसचिव प्रेम राई, प्रहरी महानिरीक्षक खनाल लगायत सुरक्षा अधिकारीको सहभागिता रहेको छ l

उक्त समितिमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्