Logo

प्रतिनिधिसभामा महराले मन्तव्य राख्न समय नदिएपछि काँग्रेस र राजपाको नाराबाजी



Spread the love

२५ असार, काठमाडौँ l सभामुख कृष्णबहादुर महराले मन्तव्य राख्न समय नदिएपश्चात् प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले नाराबाजी गरेका छन् ।

बैठक सुरु भएलगत्तै सिटबाट उठेका काँग्रेस र राजपा सांसदलाई सभामुख महराले मन्तव्य राख्न समय दिएनन् l उनले भने, ‘माननीय सदस्यहरूले आफ्नो कुरा हिजो नै राख्नुभयो’ भन्दै बोल्न समय नदिई आफूले नयाँ कुरा सुनाउने भन्दै बस्न आग्रह गरे तर विपक्षी सांसदहरूले मानेनन् ।

तर काँग्रेस र राजपा सांसद उठिराखेता पनि सभामुख महराले सदनको कारबाही अगाडि बढाएपछि सांसदहरू संसद्को बेल घेराउ गर्दै नाराबाजीमा उत्रिए ।

उक्त नाराबाजी कै बिच सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका बजेटसम्बन्धी विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउन समय दिए ।

सचिव योगीले उक्त सन्देश सुनाइसकेपछि सभामुख महराले अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्