Logo

शैक्षिक संस्थाहरूमा साग बेच्नेहरूको पनि पसिना परेको हुन्छ, तोडफोडको कार्य नगर्नुहोस् : प्रधानमन्त्री ओली



Spread the love

२५ असार, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक संस्थाहरूको स्थापना के चल्छ भनेर थापिने पसलजस्तो नभएको भन्दै देशलाई चाहिने दक्ष जनशक्ति निर्माण केन्द्रित हुनुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवसको बैठकमा सहभागिता जनाउँदै प्रधानमन्त्री ओलीले एउटै विषयको २० हजार विद्यार्थी वार्षिक रूपमा देशलाई आवश्यक नपर्ने र खपत गर्न नसकिने हुँदा प्राविधिक विषय सँगै कृषि, वन, इन्जिनियरिङ् लगायतका विषयका विज्ञहरूको भने खाँचो रहेको बताए ।

शैक्षिक संस्थाहरू कुनै पनि कुरामा मन परेन भने तोडफोड गर्ने प्रविधि बसेको भन्दै प्रधानमन्त्री ओलीले शैक्षिक संस्थाहरूमा साग बेच्नेहरूको पनि पसिना परेको हुन्छ त्यस कारण तोडफोडको कार्य नगर्न समेत आग्रह गरे । उनले यस्तै शैक्षिकसंस्थामा अनिमियता र वेथिती गर्ने जोसुकै भएता पनि त्यसको अनुसार हेरिदैन् भने ।

प्रतिक्रिया दिनुहोस्