Logo

प्रधानमन्त्री भएर पनि देशभरिका बाटाहरू कालो पत्र गर्न भ्याइनँछु : प्रधानमन्त्री ओली



Spread the love

२६ असार, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भ्रम फैलाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

गत दिन त्रिभुवन विश्व विद्यालयको ६० औँ वार्षिकाेत्सव कार्यक्रममा उपस्थित प्रधानमन्त्री ओलीलाई हिलोमाथि रातो कार्पेट विछ्याइएको थियो ।

त्यो तस्बिर सञ्चार माध्यमहरूमा आए पश्चात् सामाजिक सञ्जालमा सरकार र त्रिवि प्रशासनको चर्को आलोचना भएको थियो । प्रधानमन्त्री ओलीले भने त्यसलाई मिसन पत्रकारिताको संज्ञा दिए ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हिजो पानी परेछ । कार्पेट भिज्यो, सबै ठुला समाचार त्यही बन्यो । यो मिसन अन्तरगत भइरहेको कुरा हो ।’ भ्रम फैलाउने काम भइरहेको छ । भ्रममा रमाउनेहरू रमाइरहेका छन् । किनारामा बसेर हेर्नेहरू हेरिरहेका छन् । तर सरकार अगाडि बढिरहेको छ l ‘

प्रधानमन्त्री ओलीले अर्को प्रसङ्गलाई लिएर पनि असन्तुष्टि प्रकट गरे l ‘कालोपत्र नगरिएको बाटो हिलो भएछ, ठुलो फोटोसहित छापिएको छ l मेरो कमजोरी नै हो ! एक वर्ष प्रधानमन्त्री भएर पनि देशभरिका बाटाहरू कालो पत्र गर्न भ्याइनँछु ।’

प्रतिक्रिया दिनुहोस्