Logo

सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने : प्रधानमन्त्री ओली



Spread the love

२६ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षणमा स्वयंलाई झुक्याइएको बताए । भारतबाट आएको पत्र गोप्य राख्दा स्वयं लज्जित हुनुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री ओलीले यसबारे खोजी भइरहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताए । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रूपमा बोलेँ l विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्‍यो । यसप्रति म क्षमाप्रार्थी छु ।’

उनले आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी हो भन्ने बुझ्ने काम भइरहेको बताए l प्रधानमन्त्री ओलीले नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य भएको भन्दै सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने बताएका छन् l

प्रतिक्रिया दिनुहोस्