Logo

तरकारी विषादी प्रकरणमा सरकार आफैँ चुक्यो : नेता कर्ण



Spread the love

२६ असार, काठमाडौँ l राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले भारतबाट विषादीयुक्त तरकारी भित्रिएको भन्ने कुरा हल्लामात्रै भएको दाबी गरे ।

गए राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले यस्तो बताएका हुन् ।

नेता कर्ण स्वयं नै तराईको निवासी भएकाले भारतबाट आर्यात तरकारीमा विषादी नहुने कुरा दाबाका साथ स्पष्ट पार्दै विषादी प्रकरणमा सरकार आफैँ चुकेको पनि स्पष्ट पारेका छन् l नेता कर्णले जबसम्म विभिन्न हत्या काण्डबारे यथार्थ कुरा बहिरिदैन तबसम्म संसद् अवरुद्ध जारी रहने पनि जानकारी दिए l

प्रतिक्रिया दिनुहोस्