Logo

भारतबाट आएको पत्रबारे परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्छ : मन्त्री खनाल



Spread the love

२६ असार, काठमाडौँ l कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादी प्रकरणका सम्बन्धमा भारतबाट आएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन् l

भारतबाट आएको पत्रबारे स्वयंलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्तुष्टि व्यक्त गरिरहेका बखत मन्त्री खनालले त्यस सम्बन्धी उठेका सबै प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका हुन् ।

आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री खनालले परराष्ट्र मन्त्रालयले पत्रबारे आफ्नो मन्त्रालयलाई जानकारी भने गराएको पनि स्पष्ट पारे । उनले भारतबाट आउने फलफुल तथा तरकारीको विषादी परीक्षणको काम नरोकिएको पनि स्पष्ट पारे ।

मन्त्री खनालले हालैका लागि मलको अभाव नभएको पनि बताए । मनसुन सुरु भएकाले धान रोपाइँमा अब समस्या नहुने बताउँदै यस वर्ष मनसुन ढिलाइ भएकाले गएको वर्षको तुलनामा धान रोपाइँ हुन नसकेको मन्त्री खनालको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्