Logo

कञ्चनपुरमा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु परे पक्राउ



Spread the love

२६ असार, कञ्चनपुर ।  प्रहरीले कञ्चनपुरमा पुनर्वास नगरपालिका १ मा बलात्कार गरेको अभियोगमा १ व्यक्तिलाइ पक्राउ गरेको छ ।

पुनर्वास नगरपालिका १ का ३९ वर्षीय व्यक्तिले आफ्नै १४ वर्षीया छोरीको बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै जेठी छोरीलाई बलात्कार गरेको भिडियो बनाएका थिए भने उक्त भिडियो सार्वजनिक भएपछि छिमेकीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
पक्राउ परेका आरोपित बाबु माथि आवश्यक अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्