Logo

नेपाली काँग्रेसले मृत्युको व्यापार गर्‍यो : मन्त्री बास्कोटा



Spread the love

२६ असार, काठमाडौँ l सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली काँग्रेसको नीतिबारे प्रश्न गरे ।

नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलका विषयमा संसद् अवरुद्ध गरिरहेको काँग्रेसलाई आफ्नो नीतिमा स्पष्ट हुने तर्फ सङ्केत गर्दै मन्त्री बास्कोटाले भने, ‘काँग्रेस दिनभरि बिपी र रातभर विप्लव हो?’

मन्त्री बास्कोटाले नेपाली काँग्रेसले मृत्युको व्यापार गरेको समेत आरोप लगाए l सर्लाहीमा इन्चार्ज पौडेलका साथै भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरी जवान मारिएको विषयमा समेत प्रतिपक्षबाट केही अप्ठ्यारा टिप्पणी पाएको बताउँदै उनले शान्ति चाहने र हिंसा गर्नेलाई एकै नजरले हेर्नु प्रतिपक्षको दृष्टिदोष भएको उल्लेख गरेका छन् ।

काँग्रेसको चारताराबाट शान्ति र लोकतन्त्रका दुई तारा हराएको भन्दै उनले कटाक्ष समेत गरे। मन्त्री बास्कोटाले संसद् अवरुद्ध पहिलो र अन्तिम नभएको भन्दै कुमार पौडेल हत्याका विषयमा संसदीय समिति बनाउन नसकिने बताएका छन् l

प्रतिक्रिया दिनुहोस्