Logo

प्रहरीसँग जम्काभेट हुँदा सेक्रेटरी राईको मृत्यु : विप्लप समूह



Spread the love

२६ असार, काठमाडौँ l प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले भोजपुर गोलीकाण्डबारे मन्तव्य सार्वजनिक गरेको छ ।

आज सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राई (प्रशान्त) को मृत्यु भएको दाबी गरिएको छ ।

भोजपुर सदरमुकाम हटिया लाइनमा बुधवार बिहान भएको गोली हानाहानमा प्रहरी जवान सञ्जिव पनि मारिएका थिए । विज्ञप्तिमा ७ जेठमा भोजपुरको टेम्के मयुम गाउँपालिका–२, दलसिंगेस्थित बाटो हिँडिरहेका बखत पक्राउ गरी यातना दिई हत्या गर्ने मध्येका एक सञ्जिव भएको दाबी गरिएको छ ।

उक्त विज्ञप्तिमा प्रहरी टोलीसँग समगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगाका सेक्रेटरी निरकुमारको आफन्तसँग भेटघाट गरी फर्किने क्रममा जम्काभेट भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्