Logo

भारतीय दूतावासको पत्रबारे प्रधानमन्त्रीलाई ढिलो जानकारी भयो : कृषिमन्त्री खनाल



Spread the love

२७ असार, काठमाडौँ l भारतीय दूतावासले सिमानामा तरकारी तथा फलफूलको विषादी परीक्षण रोक्न आग्रह गर्दै पठाएको पत्रबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढिलो जानकारी भएको कृषिमन्त्री चक्रपाणि खनालले बताए ।

आज कालीमाटीस्थित विषादी परीक्षण प्रयोगशाला पुगेका मन्त्री खनालले भने, ‘यो पत्र आउँदा म बाहिर थिएँ । परराष्टलाई लेखिएको पत्रको बोधार्थ सबैतिर लेखियो । तर प्रधानमन्त्रीलाई जानकारी गराइएनछ । म फर्केपछि मैले कृषि मन्त्रालयमा पत्र भेँटे भने अनि प्रधानमन्त्रीले खै हेरौं भन्नुभयो । त्यसपछि प्रधानमन्त्रीले समयमै आफूलाई जानकारी नभएका कारण लज्जाबोध भएको बताउनुभयो ।”

प्रतिक्रिया दिनुहोस्