Logo

लडेर आएको मान्छे हुँ, लड्न समस्या छैन : मन्त्री यादव



Spread the love

२७ असार, काठमाडौँ । उद्योगमन्त्री मातृका यादवले कसैले नगरेको कार्य गर्न हिम्मत गर्दा आफूलाई ‘दलाल’को बिल्ला भिराइएको गुनासो गरे ।

सरकारले भारतबाट आर्यात तरकारी तथा फलफुलको क्वारेन्टाइन परीक्षण गर्ने निर्णय फिर्ता लिएको विषयमा उत्पन्न विवादलाई लिएर मन्त्री यादवले यस्तो मन्तव्य राखेका हुन् l

नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित वाणिज्य तथा आपूर्ति व्यवस्थापन विषयको छलफल कार्यक्रममा सहभागिता जनाउँदै उनले प्रमूक प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि कटाक्ष समेत गरेका छन् ।

मन्त्री यादवले भने, ‘काँग्रेसले यतिञ्जेल सत्तामा बस्दा सधैँ नागरिकलाई अर्गानिक खानेकुरा खुवाएको जस्तो व्यवहार देखायो l विपक्षी हुँ भन्दैमा जे पनि बोलिदिने ? यथार्थमा टेकेर बोलोस्, अनि मात्र काँग्रेसको इज्जत रहन्छ ।’

उनले थप्दै भने, ‘इतिहासमा काँग्रेस भारतको सबैभन्दा ठुलो दलाल हो भन्ने आरोप हामीले पनि सुन्थ्यौं । व्यापारिक समस्या सरकारलाई भन्नुस्, छलफल गरौँ । संवाद नगरी हिँड्ने व्यवहार व्यापारीले देखाए । म त झन् लडेर आएको मान्छे, लड्न समस्या छैन ।’

प्रतिक्रिया दिनुहोस्