Logo

राष्ट्र कमजोर बनाउन खोज्नेहरू सलबलाउन थाल्यो : उपप्रधानमन्त्री पोखरेल



Spread the love

२९ असार, काठमाडौँ l २०६ औँ भानु जयन्तीको अवसर पारेर आज काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै उपप्रधानमन्त्री ईश्वर पोखरेलले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको क्षेत्रमा गरेको योगदानबाट सबैले प्रेरणा लिनुपर्ने बताएका छन् ।

भौगोलिक रूपमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेझैँ भावनात्मक रूपमा नेपालीलाई एकतावद्ध बनाउन भानुभक्तले खेलेको भूमिका स्मरणीय रहेको मन्त्री पोखरेलले बताए ।

उनले राष्ट्र कमजोर बनाउन खोज्नेहरू सलबलाउन थालेको भन्दै राष्ट्रिय एकता बलियो बनाएर त्यस्ता तत्वलाई परास्त गर्न समेत आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्