Logo

मन्त्री महासेठद्वारा सञ्चारकर्मीलाई भिडियो खिच्न रोक



Spread the love

२९ असार, काठमाडौँ l भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज मन्त्रालयमै सञ्चालन एक कार्यक्रमको भिडियो खिच्न सञ्चार माध्यामहरुलाई रोक लगाएका छन् ।

मन्त्री महासेठले आज आफ्नै मन्त्रालयमा अवरूद्ध काठमाडौँ–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापनपत्र पेस गर्न गएका नेपाली काँग्रेस जिल्ला कार्यसमिति, नुवाकोटको ज्ञापनपत्र बुझ्ने क्रममा पुगेका सञ्चारकर्मीहरूलाई भिडिओ खिच्न रोक लगाएका हुन् ।

आफ्नो कार्यकक्षबाट कार्यक्रमस्थलमा जाने बित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न सचेत गराए । मन्त्री महासेठले आक्रामक शैलीमा भने, यसरी भिडिओ लिन हुन्न l क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडिओ लिन हुन्न ।’

कानुनमार्फत् मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । यही बखत मन्त्री महासेठले आदेशको शैलीमा स्वयं सहभागी कार्यक्रमको भिडिओ खिच्न रोक लगाए । मन्त्री महासेठले सञ्चार माध्यमहरूलाई भिडिओ लिन हुन्न भने पनि त्यसको कारण भने बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्