Logo

बैठक स्थगित गरेर राहतमा जुटौं : नेता सिटौला



Spread the love

२९ असार, काठमाडौँ l केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर राहत तथा उद्दारमा जुट्ने प्रस्ताव नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राखेका छन् ।

आजको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागिता जनाउँदै सिटौलाले लगातारको वर्षापछि आएको बाढी तथा पहिरोबाट प्रभावितहरूको राहत तथा उद्दारमा जुट्न बैठक स्थगित गर्ने प्रस्ताव राखेको एक नेताले जानकारी दिए । निरन्तरको वर्षापछि आएको बाढीले तराई मधेसका जिल्लाका बस्तीहरू डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्