Logo

काँग्रेस र राजपाद्वारा संसद् अवरोध



Spread the love
 

३० असार, काठमाडौँ l प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले संसद्को नियमित कार्यसूचीलाई रोकेर लगातार वर्षाका कारण देशभर बाढी–पहिरोले भएको क्षति तथा विपद्का बारेमा आजको संसद् बैठक केन्द्रित गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् ।

काँग्रेस र राजपाले संयुक्त रूपमा सभामुख कृष्णबहादुर महरालाई आजको संसद् बैठक बाढी–पहिरोका कारण उत्पन्न अवस्था र त्यसमा भइरहेको उद्धार तथा राहतको सरकारी प्रयासका बारेमा केन्द्रित हुनु पर्ने माग सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

आज दिउँसो १ बजेका लागि डाकिएको बैठक काँग्रेस र राजपाले प्राकृतिक विपद्सँग निपटनका लागि भइरहेको सरकारी प्रयासमा केन्द्रित हुनु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्