Logo

सञ्चार माध्यममा विदेशी लगानी स्वीकार हुँदैन : मन्त्री बास्कोटा



Spread the love

३० असार, काठमाडौँ l सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताए ।

आज सञ्चार उद्यमीहरूसँग भएको अन्तर्क्रिया कार्यक्रममा सहभागिता जनाउँदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले भने, ‘सञ्चार माध्यममा विदेशी लगानी स्वीकार हुँदैन । एक, दुई, तीन हुँदैन ।’

मन्त्री बास्कोटाले आतंकवादबारे पनि मिडियाको दृष्टिकोण प्रस्ट हुनुपर्ने बताउँदै श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्