Logo

आजको संसद् बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति



Spread the love

३० असार, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोबारे संसद्मा छलफल गरौँ भन्दा बैठक स्थगित भएको भन्दै आपत्ति जनाएका छन् ।

संसद्को आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठक स्थगितपछि सञ्चारकर्मीहरूसँग वार्ता गर्दै सभापति देउवाले भने, ‘देशभरी बाढी आएको छ, पहिरो गएको छ । यो बेलामा संसद् एकवद्ध भएर छलफल गरौँ । संसदहरु पनि जनताको पक्षमा छौँ भन्ने सन्देश दिने प्रस्ताव राख्दा बैठक नै स्थगित गरे ।’

उनले मानवीयतासँग जोडिएको विषयमा संसद्मा छलफल नहुँदा अचम्म भएको बताए l उनले भने, ‘हामी यसको भर्त्सना गर्छौँ । यो गर्नै नहुने कुरा हो । कसैले धम्काएपछि सभामुखले बैठक स्थगित गरेको हुन सक्ने देउवाले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्