Logo

किन जलाइयो मन्त्री यादवको पुत्ला ?



Spread the love

३१ असार, सप्तरी l सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिकाबासीले समाजवादी पार्टीका अध्यक्ष एवं सङ्घीय सरकारका उप-प्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको पुत्ला जलाएका छन् ।

हालै आएको बाढीका कारण पीडित गाउँबासीहरूले आफूले भोट दिएर जितेका मन्त्री यादवले दुःख परेको बखत साथ र सहयोग नदिएको भन्दै आक्रोश प्रकट गरेका हुन् ।

आक्रोशित स्थानीयहरूले मन्त्री यादव सङ्कट पर्दा सरकारमा रहरेपनि राहत दिन आउनुको साटो विदेश भ्रमणमा रमाएको भन्दै कोइलाडी चोकमा उनको पुत्ला जलाएका हुन् ।

सप्तरीको सबैभन्दा प्रभावित क्षेत्र तिलाठीमा मन्त्री यादवको पुत्ला जलाइएको हो । सप्तरीबाट चुनाव जितेका मन्त्री यादव डुबानपछि आफ्नो क्षेत्रमा नआएका छन् न उनको तर्फबाट कुनै राहतको व्यवस्था नै गरेका छन्, त्यसैको आक्रोशमा सोहिका जनताले उनको पुत्ला जलाएको स्थानीय युवा राजेश सिंहले बताएका छन् ।

स्थानीयहरूले पछिल्लो पटक आएको बाढीमा मन्त्री एक पटक पनि नआएको गुनासो गर्दै मन्त्री यादवले आफूहरूलाई धोका दिएको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्