Logo

बाढीपहिरो र डुबान पीडितहरूको उद्धारका लागि सभापति देउवा मधेस झर्ने



Spread the love

३१ असार, काठमाडौँ l लगातार वर्षाका कारण बाढीपहिरो र डुबानमा परेका पीडितहरूको उद्धार तथा राहत वितरणका लागि केन्द्रीय समिति बैठक स्थगित गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मधेस झर्ने भएका छन् ।

सभापति देउवा बाढीपहिरो र डुबानमा परेकाहरूको अवस्थाबारे बुझ्न बुधवार तराईका विभिन्न जिल्ला जाने तयारी गरेका छन् । सभापति देउवा हेलिकप्टर चढेर जाने तयारी गरेता पनि सडकमार्गबाट जाने कि हवाई मार्गबाट भन्ने यकिन नभएको काँग्रेसका एक केन्द्रीय सदस्य बताए ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि भने आज मधेस जाँदैछन् । सभापति देउवाले गए दिन विज्ञप्ति निकालेर बाढीपहिरो र डुबान पीडितको उद्धार राहत वितरण सरकारका तर्फबाट व्यवस्थित भए/नभएको काँग्रेसले अनुगमन गर्ने बताएका थिए ।

कांग्रेसको भातृ संगठन नेविसंघले बाढी पीडितका लागि सहयोग गर्न रकम संकलन गरिराखेका छन् भने संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने कांग्रेस संसदले ५ दिनको पारिश्रमिक बाढी पीडितलाई दिने निर्णय कांग्रेस संसदीय दलले गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्