Logo

सर्वसाधारणले प्राकृतिक विपत्तिमा सावधानी अपनाउनु पर्ने मन्त्री गुरुङको आग्रह



Spread the love

३१ असार, काठमाडौँ l गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन साधारण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गरेका छन् ।

गए साँझ एक प्रेस वक्तव्य प्रकाशित गर्दै मन्त्री गुरुङले वर्षायाममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ति आउन सक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेका हुन् ।

उनले देशका विभिन्न क्षेत्रमा लगातार वर्षाका कारण सिर्जित बाढी, पहिरो तथा डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख प्रकट गरेका छन् ।

विज्ञप्तिमा मुख्यमन्त्री गुरुङले दुःखको क्षणमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनु हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनप्रति पनि समवेदना तथा घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

मन्त्री गुरुङले विपद्को क्षणमा बेपत्ता भएकाको छिटै खोजी गर्नका साथै उद्धार र राहतमा जुट्न समेत विज्ञप्तिमार्फत सबैमा आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्