Logo

आज बेलुकीसम्म पार्टी एकताका सबै कार्य टुंग्याउँछौं : अध्यक्ष प्रचण्ड



Spread the love

३१ असार, काठमाडौँ l सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुकीसम्म पार्टी एकताका सबै कार्य टुंग्याउने बताए ।

ललितपुरमा आज जिल्ला कमिटीलाई शपथ खुवाउँदै प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकताको कार्य टुंग्याउने भनेअनुसार नै आज बेलुकीसम्म सबै काम सकिने बताएका छन् ।

अध्यक्ष प्रचण्डका अनुसार आज कार्य विभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी र विभागहरू गठन गर्ने काम आज साँझसम्म सकिन्छ । उनले भने, ‘आज बेलुकीसम्म पार्टी एकताका काम टुंग्याउँछौं l यो कार्यक्रम लगत्तै म पार्टी बैठकमा जान्छु । मूलभूत कुराहरू सकिएको छ । खाली ठाउँ भर्न मात्रै बाँकी छ ।’

केन्द्रीय समिति बैठक पनि छिट्टै बस्ने प्रचण्डले बताए l उनले पार्टी एकताका सबै कार्य सचिवालय बैठक हुँदै केन्द्रीय समितिबाट अनुमोदन गरे पश्चात् देशब्यापी रूपमा अभियान लिएर जनतामा जाने बताएका छन् l

अध्यक्ष प्रचण्डले ‘पार्टी कमिटी र जनतासँग सम्बन्ध सुदृढ बनाउन देशैभर अभियानमा जान्छौं l पार्टी एकताको काम तीन महिनामा सक्ने भनिएको थियो। ढिला भएकै हो तर काम फत्ते गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्