Logo

आज देखि सुरु भयो ट्र्याकिङ सिस्टम



Spread the love

१ साउन, काठमाडौँ । राजश्व चुहावट रोक्न भन्दै सरकारले आजदेखि भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम सुरु गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले सिस्टमको उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएता पनि उनी उपस्थित भएनन् । प्रधानमन्त्री ओलीले विशेष कार्य व्यस्ताका कारण देखाउँदै उपस्थित नभएता पनि लिखित मन्तव्य पठाएका थिए ।

उनले पठाएको लिखित मन्तव्य राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले पढेर सुनाए । भेहिकल ट्र्याकिङ सिस्टमले सरकार र निजी क्षेत्र दुबैका लागि अति उत्तम हुने बताउँदै यसले कारोबारलाई पनि थप पारदर्शी बनाउने प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्