Logo

सरकार बाढी पीडितलाई राहत दिन चुक्यो : नेतृ भुषाल



Spread the love

२ साउन , काठमाडौँ । नेपाली काँग्रेसकी संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुषालले वर्तमान सरकार बाढी, पहिरो र डुबान पीडितलाई राहत प्रधान गर्ने कार्यमा चुकेको आरोप लगाएकी छन् ।

आज बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको कार्यक्रम ‘नेपाल बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ भुषालले यस्तो टिप्पणी गरेकी हुन् ।

प्रत्येक वर्ष बाढी, पहिरो र डुबानको समस्या हुँदै आएकोले यस समस्याबाट बच्नको लागि सरकारले पूर्व तयारी केही पनि नगरेको गुनासो पोख्दै सरकारले पीडितहरूको उद्धार तथा राहतको लागि केही पनि कार्य गर्न नसकेको भुषालको आरोप छ ।

सरकारले जनताको बाढी तथा पहिरोको पीडालाई सदनको विषय बनाउन नचाहेको पनि उनले टिप्पणी गरिन् । आफूहरूले यस्तो आपत्तिको बखतमा सबै दलबीच सहमति, सहकार्य र एकता हुनुपर्छ भनेर संसद्को बैठक राख्न आग्रह गरेता पनि सत्तापक्षले सो आवाज नसुनेको भुषालले जिकिर गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्