Logo

नेकपा विरुद्ध पार्टीकै कार्यकर्ता उत्रियो : मुख्यमन्त्री गुरुङ



Spread the love

२ साउन, काठमाडौँ l नेकपा विरुद्ध पार्टीकै नेता कार्यकर्ता उत्रिएको आरोप गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लगाएका छन् ।

नेकपाका सांसद तिलक महतकी माता नन्दकलीको छैटौँ पुण्य तिथीको श्रद्धाञ्जली सभामा सहभागिता जनाउँदै नेकपा गण्डकीका इन्चार्ज समेत रहेका गुरुङले यस्तो बताएका हुन् ।

उनले भने, ‘रावणले आफ्नै परिवारभित्र शत्रु भएर युद्ध हारेको हो, राम बलियो भएर होइन l यस्तो प्रवृत्ति हामीमा देखिएको छ । हामी काँग्रेसलाई गुहारिरहेका छौँ । यस्तो प्रवृत्ति विरुद्ध डटेर लाग्‍नुस, अन्यथा हामी पार्टीलाई जोगाउन सक्दैनौँ ।’

जनता मतलाई कदर गरेर अगाडि बढ्नुका सट्टा पार्टीकै साथीहरू काँग्रेसलाई गुहार्दै पार्टी विरुद्ध लागिरहेका मन्त्री गुरुङले बताएका छन् l नेकपामा हनुमान प्रवृत्ति मौलाएको बताउँदै त्यसतर्फ सचेत हुन सबैलाई आग्रह गरेका छन् l

मन्त्री गुरुङले भने, ‘नेताहरूमा सकारात्मक आलोचनासमेत सहन नसक्ने र आफ्नो आलोचना गर्ने वित्तिकै विरोधी खेमाको देख्ने व्यवहारले पार्टीलाई जीवन्त बनाउन सक्दैन l ‘

मन्त्री गुरुङले पार्टी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला, योजनामन्त्री किरण गुरुङ, स्थायी समिति सदस्य सोमनाथ प्यासी, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे लगायत नेताहरू उपस्थित श्रद्धाञ्जली सभामा यस्तो बताएका हुन् l

प्रतिक्रिया दिनुहोस्