Logo

नेकपाका नेताहरूले विप्लवलाई मूलधारको राजनीतिमा ल्याउनका लागी खटाए यी ‘कमाण्डर’



Spread the love

३ साउन, काठमाडौँ l सत्तारुढ नेकपाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका नेताहरूसँग वार्ता सुरु गरिसकेको छ ।

सरकार र नेकपाका नेताहरूले विप्लवलाई मूलधारको राजनीतिमा ल्याउनका लागि टिम नै बनाएर खटाएका छन् । नेकपाका हाइ कमाण्ड नेताहरूले विप्लव नेतृत्वको समूहसँग वार्ताका लागि समूह-समूह बनाएका छन् ।

जसअनुसार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेल र कर्ण थापालाई खटाएका छन् । त्यस्तै नेकपाका अर्का अध्यक्ष प्रचण्डले जनार्दन शर्मा, लेखराज भट्ट र अग्निप्रसाद सापकोटालाई खटाएका छन् ।

त्यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन वार्ता टोलीका संयोजक समेत रहेका सोमप्रसाद पाण्डेलाई खटाएका छन् भने गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकलाई पनि खटाएका छन् ।

गृहमन्त्री थापा स्वयं पनि विप्लवसँग वार्ताको लागि सक्रिय भएका छन् । शीर्ष नेताले खटाएका टोलीले विप्लव समूहसँग केही छलफल समेत गरे । तर उनीहरूले नेत्रविक्रम चन्द विप्लवसँग भने वार्ता गर्न सकिरहेका छैनन् ।

विप्लवबारे पार्टीभित्र छलफल नभएता पनि उनलाई मिलाउनका लागि सबै लागि परेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए l उनले हत्या हिंसा भन्दा पनि वार्ताबाटै समस्याको समाधानका लागि पहल भइरहेको बताउँदै वार्ताबाट सहमति हुने विषय भएकाले पार्टीले कुनै निर्णय नगरेको पनि बताएका छन् l

प्रतिक्रिया दिनुहोस्