Logo

सरकारलाई दोष देखाउँदै विप्लव समूहले लियो धनगढी विस्फोटको जिम्मा



Spread the love

३ साउन, धनगढी l गए साँझ धनगढीमा भएको बम विस्फोटमा परी मृत्यु भएका रामबहादुर सिंह ‘राजेश’ लाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सहिद घोषणा गरेको छ ।

विप्लव समूहका सेती महाकाली इन्चार्ज निर्माणले आज विज्ञप्ति जारी गर्दै आत्म सुरक्षाका लागि बोकेको बम विस्फोट हुँदा सिंहको ज्यान गएको जनाएका छन् ।

‘धनगढी उपमहानगरपालिका सहिद गेट नजिकै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको बम विस्फोट हुँदा शहादत प्राप्त गर्नुभएका रामबहादुर सिंह ‘राजेश’ लाई एकीकृत जनक्रान्तिका महान् सहिद घोषणा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्छौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त घटनामा परि घाइते भएका सर्वसाधारणको स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उपचार व्यवस्था पार्टीले गर्ने विप्लव समूहले जनाएको छ ।

सो घटनाले सर्व साधारणमा परेको असहजता प्रति दुःख प्रकट गर्दै घटना हुनुको पछाडिको मूल कारण दलाल पुँजीवादी संसदीय व्यवस्था भएकाले यसको सम्पूर्ण जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक फासिवाद सरकारले लिनुपर्ने विप्लव समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्