Logo

नेकपा, काँग्रेस र राजपाको संयुक्त प्रस्ताव राष्ट्रिय सभामा



Spread the love

३ साउन, काठमाडौँ l लगातार वर्षाका कारण बाढी पहिरो र डुबानबाट भएको क्षतिको पुर्ननिर्माणका लागि राष्ट्र एक जुट हुनु पर्ने भन्दै राष्ट्रियसभामा आज जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने भएको छ ।

उक्त सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र राजपाको संयुक्त प्रस्ताव माथि छलफल हुन लागेको हो ।

यसअघि प्रतिनिधि सभामा नेपाली काँग्रेस र राजपाले दर्ता गरेको प्रस्तावमाथि छलफल हुन सकेको थिएन । नेकपाका खिमलाल भट्टराई, काँग्रेसका बद्री पाण्डे र राजपाका वृषेशचन्द्र लालले दर्ता गराएको प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैबिच प्रधानमन्त्री दैवी उद्धार कोषमा राष्टियसभाका सदस्यहरूले एक दिनको तलब पठाउने भएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहितको संसदीय टोली शनिवार नै बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्