Logo

लातको भूत बातले मान्दैन : अध्यक्ष भट्टराई



Spread the love

३ साउन, काठमाडौँ l समाजवादी पार्टी नेपालका सङ्घीय अध्यक्ष डा. बाबुराम भट्टराईले समावेशीताको सिद्धान्तलाई लत्याएर लोकसेवा आयोगले कर्मचारी भर्ना लागेको भन्दै आपत्ति जनाए ।

लोकसेवा आयोगले स्थानीय तहमा ९ हजार कर्मचारी भर्नाका लागि लिएको विज्ञापनले समावेशीताको सिद्धान्तलाई मिचेको गुनासो गर्दै अध्यक्ष भट्टराईले यसले नराम्रो गर्ने उल्लेख गरेका छन् ।

अध्यक्षले लोकसेवाको यो शैलीले देशमा अर्को विद्रोहको बीउ रोपिरहेको भन्दै समयमै ख्याल गर्न भने । उनले भने, ‘समावेशीताको प्रश्न कुनै जाति-समुदायको मात्र मुद्दा नभएर विश्वव्यापी लोकतन्त्रको विकसित मान्यता पनि हो । नेपालको संविधानले स्वीकारेको विषय हो, विभिन्‍न बहानामा लोक सेवा आयोगमार्फत नौ हजार कर्मचारी भर्नामा जसरी यसलाई मिचिँदैछ, यसले देशमा अर्को विद्रोहको बीउ रोप्दैछ ! लातको भूत बातले मान्दैन भनेकै हो त ?’

प्रतिक्रिया दिनुहोस्