Logo

प्रधानमन्त्री ओली बालुवाटारमा असुरक्षित भए भद्रकालीको मिलिटरी हेडक्वार्टरमा गएर बसे हुन्छ : अध्यक्ष गजुरेल



Spread the love

३ साउन, काठमाडौँ l नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने समय आएको बताएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद्, नेपालले संयुक्त रूपमा सञ्चालन गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै गजुरेलले यस्तो बताएका हुन् ।

अध्यक्ष गजुरेलले सरकार र विप्लवीचको वार्तालाई लिएर नेपाली जनता दुविधामा रहेको टिप्पणी गर्दै भने, ‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ । दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्यहरू आएका छन् । तर, जनता भने पुरै कन्फ्युजनमा छन् । साँच्चै वार्ता होला त भनेर ?’

उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्वय तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राख्दा हुने सुझाव दिँदै भने,‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भैगयो नि । तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन । यो गलत छ ।’

सरकारले सुरुमै जनतालाई महँगी उपहार दिएको, तीन तहमा कर बृदी गरेको र विषादी प्रकरणमा पनि सरकारले गम्भीर त्रुटि गरेकाे आराेप अध्यक्ष गजुरेलले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्