Logo

नेकपाको सचिवालय बैठक आज बस्दै



Spread the love

५ साउन, काठमाडौँ l पार्टी एकीकरणको बाँकी काम सम्पूर्ण गर्ने विषयमा वार्ता गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र अर्को अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बिच भएको सहमतिका विषयमा वार्ता हुने बताइएको छ l

बैठकले शीर्ष नेताहरूको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने सम्भावना छ । अध्यक्ष ओली र अध्यक्ष प्रचण्डबीच पार्टीका विभागको नेतृत्वका विषयमा मौखिक सहमति भइसकेको छ ।

तर त्यसलाई सचिवालय बैठकमा पेस गरी ठोस निर्णय गर्नुपर्छ । दुई अध्यक्षबीच महत्त्वपूर्ण र शक्तिशाली मानिएको सङ्गठन विभागका प्रमुख बामदेव गौतमलाई बनाउने सहमति छ भने विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधव नेपाललाई दिने सहमति भएको छ ।

अर्को महत्त्वपूर्ण मानिएको स्कुल विभागको नेतृत्वको विषयमा भने अझै कुरा मिल्न सकेको छैन । उक्त नेतृत्वका लागि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले इच्छा प्रकट गर्दै आएका छन् । सो विषयमा पनि आजै बसेको बैठकमा वार्ता गरी टुङ्गो लगाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्