Logo

हिजो राष्ट्रवादी भनेर भ्रम छर्ने ओलीको वास्तविक चरित्र आज झल्कियो : महासचिव मैनाली



Spread the love

५ साउन, काठमाडौँ l नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले आजकल देखिएका प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नै वास्तविक चरित्रका भएको बताए ।

हिजो राष्ट्रवादी भनेर भ्रम छर्ने ओलीको वास्तविक चरित्र आज झल्किएको मैनालीले दाबी गरेका छन् । उनले प्रधानमन्त्री ओलीसँग झापा आन्दोलन सँगसँगै गरेको स्मरण गर्दै भने, ‘यात्रा लामो हो तर जनतालाई विश्वस्त पार्न सकिएको आज हो ।’

मैनालीले प्रधानमन्त्री ओलीको राष्ट्रघाती चरित्र सम्झँदै भने, ‘ओली तिनै हुन् जसले आफ्नै पार्टीभित्रका मान्छेलाई किनबेच गरेर महाकाली सन्धी गरेका थिए ।’

प्रधानमन्त्रीले नाकाबन्दीको समयलाई फाइदा उठाउँदै राष्ट्रवादी बनेको ढोंग रचेको आरोप लगाउँदै उनले चीनसँग सन् २०१५ मा गरेको सम्झौता पालना नगरेको र बीआरआईसंग गरेको सम्झौता पनि पालना नगरेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्