Logo

बालुवाटारमा सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु



Spread the love

५ साउन, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ ।

उक्त बैठकमा जिल्ला इन्चार्जहरू, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद्, जेष्ठ कम्युनिस्ट मञ्च लगायतका विषय टुङ्गो लगाउने तयारी छ ।

३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको छ । सो बैठकअघि पूर्व माओवादी नेताहरूले बैठक बसेका थिए ।

बिहान ७ बजेदेखि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा आफूले पाएका विभागका नेतृत्वबारे वार्ता भएको थियो ।

पूर्व एमाले नेताहरूले पनि बिहीबार, शुक्रवार र शनिवार वार्ता गरेका थिए । पूर्व एमालेले पाएको सङ्गठन विभागमा वामदेव गौतम, विदेशमा माधव नेपाल र नीति अध्ययनमा झलनाथ खनाललाई लैजाने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्