Logo

नेता वामदेवद्वारा सङ्गठन विभाग पाउने दाबी



Spread the love

५ साउन, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले स्वयंले पार्टीको सङ्गठन विभाग पाउने निश्चित भएको दाबी गरे ।

नेकपाको सचिवालय कमिटीको बैठकबाट बाहिरिएका नेता गौतमले बैठकका सम्बन्धमा सञ्चारकर्मीले जिज्ञासा राखेपछि सो कुरा बताएका हुन् । उनले भने, ‘बैठकमा अपेक्षित सकारात्मक छलफल भएको छ। मैले सङ्गठन विभाग पाउने पक्का छ l ‘

उनले सङ्गठन विभागमा दाबी गरेता पनि यस सम्बन्धमा निर्णय नै भएको भन्ने स्पष्ट पार्न भने चाहेनन् । तर नेता गौतमले भने जस्तो सङ्गठन विभागको नेतृत्वका विषयमा कुनै टुङ्गो नलागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

उनले भने, ‘वहाँलाई त्यस्तो लागेको होला। तर कुनै इन्चार्जका विषयमा कुनै सहमति भएको छैन ।’ उक्त बैठकले ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाउनका साथै जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरको इन्चार्ज र सहइन्चार्जको समेत टुङ्गो लगाएको छ । सो बैठक आउने मङ्गलवार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी समापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्