Logo

सरकारले जनअपेक्षा अनुसार कार्य गर्न नसकेको अध्यक्ष राणाको आरोप



Spread the love

५ साउन, काठमाडौँ l राजपाका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले जनअपेक्षा अनुसार कार्य गर्न नसकेको आरोप लगाए ।

आजबाट काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागिता जनाउँदै अध्यक्ष राणाले जनताको भारी मत पाएर बनेको शक्तिशाली सरकारले अपेक्षा अनुसार कार्य गर्न नसकेको बताएका हुन् ।

सरकारले कुनै उल्लेख्य काम गर्न नसकेको बरु भ्रष्टाचार बढेको आरोप अध्यक्ष राणाले लगाए l दुई तिहाई मत पाएको सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसके आन्दोलनमा जान बाध्य हुने चेतावनी अध्यक्षले दिएका छन् ।

पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि जनताको भावना अनुसार कार्य गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । दुई दिनसम्म चल्ने बैठकले भ्रष्टाचार नियन्त्रण गर्न, मुलुकलाई सही बाटोमा अघि बढाउन ठोस धारणा तय गर्ने अध्यक्ष राणाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्