Logo

प्रचण्डले पहिल्यै बिपीलाई बुझेको भए १७ हजारको ज्यान जाने थिएन : शर्मा



Spread the love

६ साउन, काठमाडौँ l नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजाले समयमै बीपीलाई चिनेको भए आज उज्यालो नहुँदै नागार्जुनको जङ्गलमा ह्विस्की पिएर बस्नुपर्ने अवस्था राजसंस्थाको नआउने टिप्पणी गरे ।

बीपी स्मृति दिवसको अवसरमा आज सहिद स्मृति प्रतिष्ठानले सञ्चालन गरेको बीपीको विचार र वर्तमान राजनीतिक अवस्था विषयक विचार गोष्ठी तथा सहिद स्मारिका विमोचन कार्यक्रममा सहभागिता जनाउँदै प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, “बीपीले राजा र मेरो गर्धन जोडिएको छ भन्दा उहाँलाई मृत्युदण्डको माग भयो, तर उहाँले भनेको कुरो अहिले सार्थक भएको छ । राजाले उहाँको भनाइ बुझेको भए अहिले राजसंस्था समाप्त हुने थिएन । मदन भन्डारीले झापा काण्डपछि भनेका थिए–मलाई मन पर्ने खाजा मःम र मन पर्ने नेता बिपी । उनले पहिल्यै बीपीलाई बुझेको भए झापामा थुप्रै काँग्रेसलाई कम्युनिस्टले मार्नु पर्थेन ।”

प्रधानमन्त्री हुँदा पुष्प कमल दाहालले सुन्दरीजलमा बीपीको कोट सुम्सुम्याएर मेरो प्रेरणाको स्रोत बीपी हो भनेको स्मरण गर्दै उनले भने, “प्रचण्डले पहिल्यै बिपीलाई बुझेको भए १७ हजारकोको ज्यान जाने थिएन । थुप्रै काँग्रेसले कात्रो ओढ्नुपर्ने थिएन । विप्लव अहिले जङ्गलमा छन् । अबको १० वर्षपछि उनले पनि बीपीलाई चिन्नेछन् । उनले पनि भन्नुपर्ने दिन आउने छ, बीपी मेरो प्रेरणा हो ।”

बीपीलाई पहिले राष्ट्रघाति मान्ने कमल थापाले पनि बल्ल बिपीलाई बुझेर अहिले बीपीको सिद्धान्त मानिरहेको शर्माको भनाइ थियो । उनले थप्दै भने, “बाबुरामले भने– बीपीलाई राप्रपाले अपहरण गर्‍यो । यसमा म धेरै टिप्पणी गर्न चाहन्न किनकि ४० वर्ष मार्क्सवाद बोकेर हिँडेका बाबुरामले ४० वर्षपछि त्यो गलत रहेछ भन्ने बुझेका छन् । उनीजस्तो यति धेरै विद्धान मान्छेलाई ४० वर्ष लाग्यो मार्क्सवाद गलत हो भन्ने बुझ्न ।” हुन् त नेपाली काँग्रेसले पनि बीपीलाई चिन्न नसकेको उनको स्वीकारोक्ति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्